नियम ५६
मेलमिलापकर्ताले पालन गर्नु पर्ने कुराहरू
(१) मेलमिलापकर्ताले मेलमिलापकर्ताहरुको लागि जारी भएको आचारसंहिता र निर्देशिकाको पालन गर्दै प्रचलित कानूनबमोजिम मेलमिलाप प्रक्रिया सञ्चालन गर्नुपर्नेछ ।

(२) मेलमिलापकर्तालाई अदालतबाट निर्धारित समयभित्र मेलमिलाप कार्य सम्पन्न हुन नसक्ने लागेमा सोही व्यहोराको जानकारी अदालतलाई गराउनु पर्नेछ ।